छायांकनमा ‘ह्यासट्याग माया’ « Khabarhub

छायांकनमा ‘ह्यासट्याग माया’


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा केही दृश्यलाई खिच्दै सुरु गरिएको छ । 

चौध दिनको तालिका तय गरिएको चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए। ‘नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवर्द्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायांकन प्रारम्भ गरेका हौँ । दुई साता यहाँको रमणीयस्थलमा छायांकन गर्नेछौँ’, उनले भने। यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिए। 

‘विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु’, उनले भने । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय रहेको छ । यसको छायांकन काठमाडौँ र धरानमा समेत गरिनेछ । 

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरिरहेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएका थिए । 

‘चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमानदार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, अभिनेत्री श्रेष्ठले भने । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १२ : ३३ बजे

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले