जरिवाना तिरेपछि जेलमुक्त, साउदीबाट स्वदेश फर्के गुरुङ   « Khabarhub

जरिवाना तिरेपछि जेलमुक्त, साउदीबाट स्वदेश फर्के गुरुङ  


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबको जेलमा रहेका एक नेपाली स्वदेश फर्किएका छन्।

कोशी प्रदेशको ताप्लेजुङ घर भई २०१८ मा रोजगारीको सिलसिलामा साउदी पुगेका डिल्ली कुमार गुरूङ सोमबार नेपाल फर्किएका हुन्।

झापाली समाज साउदीको पहलमा उनलाई नेपाली दूतावास रियादले एक्जिट (बहिर्गमन) भिसा दिएको थियो।

ड्राइभर पेसामा साउदी पुगेका गुरुङले पहिलो ३ महिना पूर्वसम्झौताअनुसारको कम्पनीमा काम गरेर भागेका थिए।

अर्को कम्पनीमा उही काम गरिरहेका उनी गत अक्टोबरमा गाडी चलाउने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनाको पीडित पक्षले क्षतिपूर्ति स्वरूप ५० देखि ६० हजार साउदी रियल दाबी गरेको थियो।

दुर्घटनाका कारण जेल परेका उनलाई पीडित पक्षले केही रकम छुट दिएपछि उनी २० हजार रियल तिरेर रिहा भएका थिए।

दुर्घटनापछि जेल परे पछि गुरुङ प्रवासीहरुको झापाली समाजका सचिव रविन गिरीको सम्पर्कमा पुगेका थिए।

आफन्त र अलमराई नेपाली टिम अल खर्जमा कार्यरत नेपालीबाट सहयोग उठेको रकम उनले क्षतिपूर्ति तिरेका थिए।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १० : ४२ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २