रूपन्देहीमा ट्राफिकद्वारा लापसे परिक्षण सुरु | Khabarhub Khabarhub

रूपन्देहीमा ट्राफिकद्वारा लापसे परिक्षण सुरु


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

भैरहवा– चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । 

सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यकामा चालकहरूले लागू औषध सेवन (लापसे) गरे नगरेको परिक्षण गरिएको हो । 

पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेवन गरे नगरेको परिक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताए । 

‘प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सीमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरूको चालकको परिक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउँमा यो परिक्षण गर्ने गरेका छौ,’ उनले भने । उनका अनुसार जनगुनासो बढेपछि डन्डा खोला नजिकै संयुक्त टिमले परिक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांश चालकहरूको परिक्षण गरेका छौ, केही शंकास्पद देखिएपछि किट मार्फत परिक्षण गरिएको उनले भने । परिक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागूऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले भने । 

विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ । 

ट्राफिक प्रहरीले अहिले परिक्षण गर्ने किटले ६ प्रकारको लागू औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजापाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागूऔषध प्रयोग गरेको छ भनी किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सीमित किट मार्फत छड्के परिक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ । 

एक साता अघि पनि रूपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागूऔषध सेवन गरि सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सिमा क्षेत्रबाट चल्ने सवारीसाधनका बालकहरू सचेत हुँदै गएपनि पूर्ण रुपमा रोक्न सकिएको छैन ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ५७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले