प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ « Khabarhub

प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीले ४५ वर्षीया महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले मण्डलको लोकेसन चितवनको हाकिम चोक देखिएकोमा जिल्ला प्रहरी कार्यालय, चितवनसँग समन्वय गरेर युवकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमान्‌को मृत्युपश्चात् युवक र उनी प्रेम सम्बन्धमा रहेकोमा महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषा प्रहरीको भनाइ छ ।

आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी–८ तारापट्टीस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

गत बिहीबार राति ११ बजे बिहेकै विषयमा दुवैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा समातेर घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

महिलाको मृत्युपश्चात् युवकले पोखरीको छेउमा खाल्डो खनेर शव गाडेका थिए। महिलाको कपडासमेत खोली सोही पोखरीको अर्को छेउमा गाडेर महिलाले प्रयोग गरेको मोबाइल पोखरीमै फालेर युवक फरार भएका थिए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : १९ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको