प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ « Khabarhub

प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीले ४५ वर्षीया महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले मण्डलको लोकेसन चितवनको हाकिम चोक देखिएकोमा जिल्ला प्रहरी कार्यालय, चितवनसँग समन्वय गरेर युवकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमान्‌को मृत्युपश्चात् युवक र उनी प्रेम सम्बन्धमा रहेकोमा महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषा प्रहरीको भनाइ छ ।

आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी–८ तारापट्टीस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

गत बिहीबार राति ११ बजे बिहेकै विषयमा दुवैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा समातेर घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

महिलाको मृत्युपश्चात् युवकले पोखरीको छेउमा खाल्डो खनेर शव गाडेका थिए। महिलाको कपडासमेत खोली सोही पोखरीको अर्को छेउमा गाडेर महिलाले प्रयोग गरेको मोबाइल पोखरीमै फालेर युवक फरार भएका थिए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै