लमजुङमा ७ जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

लमजुङमा ७ जना जुवाडे पक्राउ


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ प्रहरीले दोर्दीबाट ७ जना जुवाडे पक्राउ गरेको छ । दोर्दी गापा-४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैयाँ नगद सहित ७ जना जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवा खेल्दै गरेका ७ जना जुवाडे सहित सो नगद र १ सय ५२ पत्ती तास बरामद गरेको हो ।

पक्राउ पर्नेमा दोर्दीकै लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरूले मोबाइल बैंकिङ मार्फत रकम भुक्तानी गरेको भेटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । 

उनका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिइ अनुसन्धान अघि बढ्नेछ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १२ : १० बजे

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने