कर्णालीमा भौतिक पूर्वाधार विकासका लागि १० अर्व बजेट विनियोजन « Khabarhub

कर्णालीमा भौतिक पूर्वाधार विकासका लागि १० अर्व बजेट विनियोजन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रको विकासका लागि १० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ । 

आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वेदराज सिंहले  सो क्षेत्रका लागि १० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट घोषणा गरेका हुन् ।

बजेटमा बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्नका लागि ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहितको योजना ल्याइएको छ ।

यस्तै, प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने उल्लेख गरिएको छ भने विपन्न समुदायको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम संचालनका लागि १० करोड रुपैँया विनियोजन गरिएको छ भने हुम्लाको सिमीकोट पूर्वाधार विकास गरी नमूना एकीकृत पूर्वाधार विकासका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

वातावरण अनुकुल, अपाङ्गमैत्री भवन निर्माणका लागि कानून तथा मापदण्ड तर्जुमा गर्न आवश्यक रकम बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए । 

जलवायु परिवर्तनबाट हुने विपदलाई कार्यान्वयन गर्दै हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकीकृत वस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ५८ बजे

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको