चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु | Khabarhub Khabarhub

चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियास्थित एक रेष्टुरेन्टमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गए राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

घटनामा सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरि उपचार सुरु गरिएको चीनियाँ सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार गर्न तथा उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १० : ५३ बजे

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको