अस्ट्रेलियन पादरीले ७२ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि | Khabarhub Khabarhub

अस्ट्रेलियन पादरीले ७२ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

सिडनी– अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्व्यवहारको दोषी प्रमाणित भएका छन् । 

 हालै ८९ वर्षीय पूर्व पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टि भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टि भएको छ । 

नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई  थप सजाय हुनसक्छ । गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो । उनै पादरीमाथि थप अर्को आरोप पुष्टि भए पछि उनी पुनः चर्चामा आएका हुन् । 

भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो । उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ ।

हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२ औं मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो । १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३००  किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए । 

पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३ औं अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि अगस्ट १५ मा अदालतमा पेश गरिने छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ३१ बजे

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको