शुक्रबार ७०० रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

शुक्रबार ७०० रुपैयाँले घट्यो सुनको मूल्य


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको भाउ लगातार चार दिन घटेको छ । गत मंगलबार प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार सुनको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको थियो । 

त्यस्तै, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ५९ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि