'मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएन' | Khabarhub Khabarhub

‘मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएन’


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसम्बन्धी बजेट तर्जुमा गर्दा तराई–मधेसलाई प्राथमिकता नदिइएको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी सरकारले कुनै बजेट र कार्यक्रम नल्याएको बताए ।

यसअघिको बैठकमा छलफल सुरु हुँदा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदहरुलाई उपलब्ध नगराइएको जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट सो कार्यालयको शीर्षक हटाएपछि बैठक सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  २ : ४९ बजे

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई