पहिरोले विद्यालयमा क्षति, पठनपाठन प्रभावित « Khabarhub

पहिरोले विद्यालयमा क्षति, पठनपाठन प्रभावित


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैतडी – लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ । विद्यालयको खेलमैदान र पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।

वर्षाका कारण विद्यालयको तीन कोठे भवन उच्च जोखिममा रहेको भाटले बताए । उनले भने, “विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ । भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ ।” विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको उनको भनाइ छ ।

उनले भने, “विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका छन्, विद्यालय बन्द गर्दा पढाइमा बाधा पुग्ने भएकोले बन्द गरेका छैनौँ ।”

विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ । विसं २०१८ मा स्थापना भएको यो विद्यालयमा कक्षा १० सम्म पढाइ हुने गरेको छ । यहाँ दुई सय ५२ जना विद्यार्थी अध्ययनरत छन् ।

यसैबीच पहिरोका कारण बैतडीको सिगास गाउँपालिका–८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ । विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको र उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए ।

उनले भने, “विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिराले दुवै भवनका गरेर चार कोठामा क्षति गरेको छ । बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा गरेको छ ।”

चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिरोले भत्किने सम्भावना रहेको उनको भनाइ छ ।

कक्षा १२ सम्मको पढाइ हुने यो विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । मनसुनी वर्षा सुरु भएसँगै पहिरोका कारण सडक, विद्यालयलगायतका संरचनामा क्षति पुग्न थालेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ८ : ५५ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी