राजस्व उठाउने काममा जिम्मेवार हुन कर्मचारीलाई अर्थमन्त्री डा. महतको निर्देशन | Khabarhub Khabarhub

राजस्व उठाउने काममा जिम्मेवार हुन कर्मचारीलाई अर्थमन्त्री डा. महतको निर्देशन


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न निदेशन दिएका हुन् ।

कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरुपमा प्रस्तुत हुन पनि निर्देशन दिए । “व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् । राम्रो काम गर्ने कर्मचारीलाई धन्यवाद भन्न चाहन्छु”, कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री डा महतले भने । अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउँदै उनले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताए ।

“अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने हो । राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा हामी छौँ । अहिले सङ्कलन भइरहेको राजस्वले  पुगिरहेको छैन । यसलाई बढाउनुपर्ने आवश्यकता छ”, अर्थमन्त्री डा महतले भने, “तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकता राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ । यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ ।” भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सही सदुपयोग गर्ने विषयमा सरकार स्पष्ट रहेकाले सोही नीतिअनुसार काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

“सधैँ भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ”, उनले भने, “त्यसकारण आन्तरिक राजस्वलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।” आन्तरिक राजस्वको दायरा वृद्धि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने र करको दायरामा आउन नसकेका अनौपचारिक क्षेत्रलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

मूल्य अभिवृद्धि कर भ्याटमा दिइएको छुट खारेजपछि राजस्व सङ्कलन बढेको पनि अर्थमन्त्री महतको दाबी छ । “हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौँ । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गएको थियो”, अर्थमन्त्री महतले भने, “कतिपय वर्ग आयकरको दायरमा आउन चाहँदैन ।”

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ४ : ५९ बजे

जापानले माग्यो अमेरिकासँग स्टिल शुल्कमा छुट 

एजेन्सी – जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति

आज हग डे : प्रेम अभिव्यक्त गर्न अँगालो मार्नुका फाइदै फाइदा

काठमाडौं– प्रेम र स्नेहको प्रतीक, ‘हग डे’ हरेक वर्ष भ्यालेन्टाइन

नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण, १ करोडलाई समेट्ने लक्ष्य

काठमाडौं– निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

ढोरपाटन – जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध