कांग्रेस जिल्ला सभापतिहरुको बैठक सम्पन्न | Khabarhub Khabarhub

कांग्रेस जिल्ला सभापतिहरुको बैठक सम्पन्न


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि सुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ ।

बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा जिल्ला सभापति योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (बर्दिया) र रमेशकुमार महत (नुवाकोट) ले आ–आफ्नो धारणा व्यक्त गरेको कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ४६ बजे

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत– सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

काठमाडौं– बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा

तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’

केही दिन अगाडि काठमाडौंबाट दिल्ली हुँदै भारतको हैदरावाद पुगेँ। नेपालबाट

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा