देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउने प्रधानमन्त्री पाएको छ : लिङ्देन « Khabarhub

देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउने प्रधानमन्त्री पाएको छ : लिङ्देन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउँदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री पाएको टिप्पणी गरेका छन् ।

नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चुनौतिहरु विषय विचार गोष्ठिमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रि रुपमा हुने चलखेल सबैलाई थाहा भएपनि अहिले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका हुन् ।

छिमेकीलाई कम्फर्टेबल हुने गरि सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थीति पेचिलो बन्दै गएको उनले बताए । उनले देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको जिकिर गरे । विभिन्न आवरणमा विदेशीहरुको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पूरा गर्न विदेशी शक्ति पनि मुलुकमा हावी हुन थालेको उनको भनाइ छ ।

लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ११ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक