समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने | Khabarhub Khabarhub

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उनले भने ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी थिए।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : १८ बजे

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

पाल्पा– गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन्

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या