एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव पोखरेल « Khabarhub

एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव पोखरेल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन् ।

नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको अभिमुखीकरणमा उनले कमजोरको सहकार्यबाट राष्ट्र निर्माण हुननसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको बताए ।

उनले बलिया राजनीतिक शक्ति एकजुट गरी मुलुक निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा नेकपा (एमाले) लागेको भन्दै सोही अभियान अन्तर्गत एमाले मिशन ग्रासरुटमा लागेको बताए ।

उनले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको भनाइ राखे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै