राष्ट्रियसभा बैठक बस्दै, एमालेको अवरोध कायमै रहने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, एमालेको अवरोध कायमै रहने


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ ।

शुक्रबारको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघिको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूची छ ।

यस्तै, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, गृह, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालय अन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुने छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । यसबीचमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच कुनै किसिमको समझदारी नबनेका कारण आजको बैठक पनि एमालेले अवरुद्ध गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ३६ बजे

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,