संसद चलाउन सरकार जिम्मेवार देखिएन : सांसद भट्टराई « Khabarhub

संसद चलाउन सरकार जिम्मेवार देखिएन : सांसद भट्टराई


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद चलाउने र संसदीय समिति सञ्चालन गर्ने सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

सिंहदबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले पछिल्लो ६ महिनाको अवधिमा सदन राम्रोसँग सञ्चालन हुन नसकेको र सदनलाई बिजनेश दिन पनि सरकार जिम्मेवार नदेखिएको उनले आरोप लगाए ।

उनले समिति प्रभावविहीन होस भन्ने सरकारको चाहना देखिएको जिकिर गरे । उनले समितिको बार्षिक क्यालेन्डर बनाएर महत्वपूर्ण विषयको सूची बनाएर नै छलफल गर्नुपर्ने र समितिले दिएका निर्देशनहरुलाइ बिनासर्त कार्यान्वयन गराउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

समितिका निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर प्रतिबद्धता लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : ४० बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक