‘स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपियो’ « Khabarhub

‘स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपियो’


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका छन्।

नेपाल पब्लिक क्याम्पस संघको ३३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका हुन् ।

स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताए ।

उनले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरूलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठुलो चाँप देखिएको धारणा राखे ।

अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी वर्षको बजेटमा देखिएको जिकिर गरे । उनले पब्लिक क्याम्पस ठुलो सङ्ख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताए ।

उनले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १ : ४४ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ