प्रधानमन्त्रीले तिरङ्गा वा चन्द्रसूर्यमध्ये कुन झण्डा उचाल्ने ? जवाफ दिनुपर्छ : सांसद बास्कोटा | Khabarhub Khabarhub

प्रधानमन्त्रीले तिरङ्गा वा चन्द्रसूर्यमध्ये कुन झण्डा उचाल्ने ? जवाफ दिनुपर्छ : सांसद बास्कोटा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधीनताका लागि पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । उनले प्रधानमन्त्रीले तिरङ्गा वा चन्द्रसूर्यमध्ये कुन झण्डा उचाल्ने भनेर संसदमा जवाफ दिनुपर्ने बताए ।

देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : ३२ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ