पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बन्यो : सांसद न्यौपाने « Khabarhub

पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बन्यो : सांसद न्यौपाने


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशमा पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी छिन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा न्यौपानेले बर्षौदेखि अदालतमा रहेका मुद्दाहरुको किनारा नलागेको र पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी हुन् ।

उनले पहुँच हुनेले मात्र न्याय पाउने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न सरकार र कानून मन्त्रालय उदासीन रहेको उल्लेख गरिन् । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा कानून मन्त्रालयले ढिलासुस्ती गरिरहेको उनको आरोप छ ।

न्यौपानले मुलुकमा धेरै परिवर्तन भएपनि कतिपय कानून पञ्चायतकालदेखिकै रहेकाले समयानुकूल नयाँ कानूनहरु ल्याउनुपर्ने बताइन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय कानून बनाउने कुरामा समेत उदासीन देखिएकाले खर्च कटौतीको प्रस्ताव राखेको उनले बताइन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ३ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना