बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढ्यो : अर्थमन्त्री महत « Khabarhub

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढ्यो : अर्थमन्त्री महत


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । उनले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए ।

“ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो”,  उनले भने, “एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ । यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौँ ।” उनले बैंक वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि बताए ।

त्यस्तै उत्पादनशील क्षेत्रमाभन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रमा स्थिरता र आर्थिक वृद्धितर्फ उन्मुख गराउने गरी आउनुपर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

“सरकारले लिएको लक्षित आर्थिक वृद्धिदर हासिल गर्नेतर्फ उन्मुख गराउने मौद्रिक नीति आवश्यक छ”, उनले भने । बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोग बढाएर पारदर्शिता कायम गर्न सक्नुपर्ने र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहने विश्वास दिलाउन सक्नुपर्ने महतको भनाइ छ ।

सरकारी बैंकको वित्तीय स्वास्थ्य अवस्था खस्किएकामा अहिले सुधार हुँदै गएको उनले उल्लेख गरे । अहिले लघुवित्त क्षेत्रमा समस्या देखिएकामा राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्ने तथा सहकारीको नियमनका लागि आगामी आर्थिक वर्षको बजेटले छुट्टै नियामक स्थापना गर्ने प्रावधान राखेको उनको भनाइ छ । मुलुकको समग्र अर्थतन्त्र केही समय अघिसम्म समस्यामा रहेकामा बिस्तारै त्यो सहज हुँदै गएको अर्थमन्त्री महतको दाबी छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ५५ बजे

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा