बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढ्यो : अर्थमन्त्री महत | Khabarhub Khabarhub

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढ्यो : अर्थमन्त्री महत


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । उनले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताए ।

“ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो”,  उनले भने, “एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ । यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौँ ।” उनले बैंक वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि बताए ।

त्यस्तै उत्पादनशील क्षेत्रमाभन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रमा स्थिरता र आर्थिक वृद्धितर्फ उन्मुख गराउने गरी आउनुपर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

“सरकारले लिएको लक्षित आर्थिक वृद्धिदर हासिल गर्नेतर्फ उन्मुख गराउने मौद्रिक नीति आवश्यक छ”, उनले भने । बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोग बढाएर पारदर्शिता कायम गर्न सक्नुपर्ने र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहने विश्वास दिलाउन सक्नुपर्ने महतको भनाइ छ ।

सरकारी बैंकको वित्तीय स्वास्थ्य अवस्था खस्किएकामा अहिले सुधार हुँदै गएको उनले उल्लेख गरे । अहिले लघुवित्त क्षेत्रमा समस्या देखिएकामा राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्ने तथा सहकारीको नियमनका लागि आगामी आर्थिक वर्षको बजेटले छुट्टै नियामक स्थापना गर्ने प्रावधान राखेको उनको भनाइ छ । मुलुकको समग्र अर्थतन्त्र केही समय अघिसम्म समस्यामा रहेकामा बिस्तारै त्यो सहज हुँदै गएको अर्थमन्त्री महतको दाबी छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ५५ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी