विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी राख्दैनन् : ओली « Khabarhub

विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी राख्दैनन् : ओली


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई आज सम्बोधन गर्दै उनले आपसी मित्रता, एकता र पारस्परिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गरे ।

उनले पार्टीभित्र अन्तरद्वन्द्व मच्चाएर, असमझादारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । “समझादारी तरिकाले काम गर्यो । अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ”, उनले भने, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन । कहीँ पुग्नका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ ।”

पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै अध्यक्ष ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गरे । “पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ रु स्वस्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र रु म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु”, उनले भने, “उमेर पुग्यो त्यसकारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निस्क्रिय बनाउने तरिका हो ।”

उनले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गरे । अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति निययमा बनाउनु राम्रो भएको भनाइ राखे।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ४५ बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको