कांग्रेसमा अझै महिला नेतृत्व स्विकारिएको छैन : यादव « Khabarhub

कांग्रेसमा अझै महिला नेतृत्व स्विकारिएको छैन : यादव


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नांगिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्। 

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता यादवले सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने समाजमा कलियुग आइपुग्दासमेत महिलाको नेतृत्व भने स्वीकार्य नहुनु अनौठो कुरा भएको बताइन्। 

‘पार्टीभित्र क्षमता र प्रतिस्पर्धा गर्न सक्ने सक्षम महिलाहरू धेरै छन्। तर उनको नेतृत्व पार्टीले स्वीकारेको छैन। जबकि सत्य युगमा अर्थमन्त्री लक्ष्मी हुनुहुन्थ्यो, शिक्षामन्त्री सरस्वती हुनुहुन्थ्यो, रक्षामन्त्री दुर्गा हुनुहुन्थ्यो, त्यो सत्ता हाम्रो लागि अहिले पनि पूजनीय छ,’ उनले अघि भनिन्, ‘अहिले कलियुगमा भने महिलाको नेतृत्व स्वीकार्न तयार भएको अवस्था छैन। पार्टीमा गाउँदेखि केन्द्रसम्म महिलाको नेतृत्व स्विकारिएको छैन।’

उनले महिलालाई पार्टीको मूलधारमा ल्याएर नेतृत्वमा नपुर्‍याए पार्टी झन् कमजोर बन्न सक्ने बताइन्।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : २२ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई