दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व असुली « Khabarhub

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व असुली


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९-८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९-८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो । 

गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए ।

उनले प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गथ्र्यो भन्दै गत आवमा भने लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको बताए । गत आवको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ ।  

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो । पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए। यस्तै कार्यालयले चालु आवमा ५० लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ६ : ४५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली