मालदह आँपको भाउ बढेर १६० पुग्यो « Khabarhub

मालदह आँपको भाउ बढेर १६० पुग्यो


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार नेपाली ठुलो गोलभेडा, भटमास कोशा र हरियो तरबुजा ८५ रुपैयाँ, लोकल गोलभेडा, घिरौला, तितो करेला र तने बोडी ४५ रुपैयाँ, टनेल गोलभेडा, डल्लो भन्टा, हाइब्रीड घिउ सिमी र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ २० पैसा रहेको छ । 

उता, सुकेको भारतीय प्याँज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर १२८ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ २२ पैसा, स्थानीय काउली९५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा र टाटे सिमी १६५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, लौका प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल परवर, झिगूनी, भिण्डी र स्कूस प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, रायोको साग र जिरीको साग ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९२ रुपैयाँ, डल्ले च्याउ ३६२ रुपैयाँ ५० पैसा, कुरीलो २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, चुकुन्दर ९६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, तामा १०५ रुपैयाँ रहेको छ ।

यसैगरी, तोफु ११६ रुपैयाँ ६७ पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप १६० रुपैयाँ, फूजी स्याउ ३५६ रुपैयाँ ६७ पैसा, कागती १२० रुपैयाँ, अनार ३९३ रुपैयाँ ३३ पैसा, दसहरी आँप १५५ रुपैयाँ, कलकत्ते आँप ७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ५६ रुपैयाँ किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ र भेडे खुर्सानी ७६ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : ३४ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन