नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने | Khabarhub Khabarhub

नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमएसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको लागि पहल गर्ने, समाजवादी मोर्चाका दलबीच मतभिन्नता भए पनि साझा बुँदामा सहमति जनाउने, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपङ्क्तिलाई प्रष्ट पार्ने सो पार्टीले निर्णय गरेको छ । प्रवक्ता खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनतामा आशा जगाएको पार्टीले ठहर गरेको बताउँदै भ्रष्टाचार विरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न आग्रह गरे ।

‘कृषिमा खपत नहुने श्रमशक्तिलाई उद्योगमा स्थानान्तरण गर्दै मुलुकलाई समृद्धि र समाजवादको बाटोमा अगाडि बढाउन अब ढिलो भइसकेको छ, यो बैठक, कृषि क्षेत्रमा ठोस, योजनाबद्ध र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : ५६ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका