माइतीबाट घर पुगेकी महिलाको शव फेला « Khabarhub

माइतीबाट घर पुगेकी महिलाको शव फेला


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

धनगढी– माइतीबाट घर पुग्ने बित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।

दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४-५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। संजीता घर पुग्ने वित्तीकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादवसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीतासुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ।

संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ।  संजीताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादबसँग भेटिएको मृतक संजीताका मामा हरिनारायण चौधरीले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ४९ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन