वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग | Khabarhub Khabarhub

वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ ।

तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

उहाँका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ ९अनुसूची २० मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको पाइएको छ ।

विभागले एक विज्ञप्तिसमेत प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह गरेको छ ।

अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही हुने विभागद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ३४ बजे

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

आज २०८२ साल वैशाख ३० गते मंगलबारको राशिफल

काठमाडौं– आज २०८२ साल वैशाख ३० गते मंगलबार। जेठ कृष्ण

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु