वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग « Khabarhub

वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ ।

तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

उहाँका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ ९अनुसूची २० मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको पाइएको छ ।

विभागले एक विज्ञप्तिसमेत प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह गरेको छ ।

अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही हुने विभागद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ३४ बजे

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको

भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा