एएफसी कप छनोट : मच्छिन्द्रले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

एएफसी कप छनोट : मच्छिन्द्रले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मंगलबार साँझ साढे पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्रले पारो एफसीको सामना गर्न लागेको हो ।

खेलअघि सोमबार रंशालामा आयोजित प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलको तयारी राम्रो भएको बताएका छन् ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको सम्पूर्ण तयारी सम्पन्न गरेको बताए । उनले टिममा रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निकाल्ने अपेक्षा गरेको बताए ।

त्यस्तै, मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले भुटानको पारो राम्रो टिम भएकाले खेल सुरु भएपछि रणनीति बुझेर त्यही अनुसार प्रदर्शन गर्नुपर्ने जिकिर गरे । मच्छिन्द्रमा ७ जना खेलाडी थप गरिएको भन्दै उनले आवश्यकताअनुसार मैदानमा उतार्ने बताए ।

त्यसैगरी, पारो एफसीका कप्तान र प्रशिक्षकले पनि मच्छिन्द्र राम्रो टिम भएको र आफूहरुको तयारी पनि राम्रो भएको बताएका छन् । मच्छिन्द्रले मंगलबारको खेल जिते १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।

उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ । मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा दोस्रो स्थान हासिल गरेपनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो पटक खेल्ने अवसर पाएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ४१ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति