विपतका घटनाबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु | Khabarhub Khabarhub

विपतका घटनाबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । 

गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् भने एकतीस जना बेपत्ता छन् ।

ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बेपत्ता हुनेहरु ६ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपदमा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । 

मनसुनको अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : ५२ बजे

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

एजेन्सी – रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा

बोको हरामका संस्थापकका छोरा चाडबाट पक्राउ

एजेन्सी– बोको हरामका संस्थापकका कान्छा छोरालाई चाडबाट पक्राउ गरिएको छ

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

काठमाडौं– चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा