खिचडी-२ नोभेम्बर १२ मा प्रदर्शन हुने « Khabarhub

खिचडी-२ नोभेम्बर १२ मा प्रदर्शन हुने


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र खिचडी २ यस वर्षको दीपावलीको अवसरमा नोभेम्बर १२ मा प्रदर्शन हुँदैछ । रिलिज मिति घोषणाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर फिल्म निर्माताले यो जानकारी दिएका हुन् । यो चलचित्र २०१० मा आएको चलचित्र खिचडी द मुभीको सिक्वेल हो।

फिल्मका लेखक(निर्देशक आशिष कपाडिया हुन् र फिल्म ह्याट्स अफ प्रोडक्सनले निर्माण गरेको हो। लोकप्रिय सिटकम शोका सबै पात्रहरू भिडियोमा देखिएका छन् ।

घोषणा भिडियोमा हंसाले आफ्नै शैलीमा ठट्टा गरिरहेकी छिन् भने हिमांशुले आफू एनआरआई नभएर एमआरआईको कुरा गरिरहेको बताउँछन् । यस भिडियोमा फराह खान पनि देखिएकी छिन् ।चलचित्रमा सुप्रिया पाठक फेरि हंसाको भूमिकामा देखिनेछिन् । त्यस्तै, राजीव मेहता प्रफुल र अंगद देसाई बाबुजीको भूमिकामा देखिनेछन् ।

जयश्रीको भूमिकामा वन्दना पाठक र परमिन्दरको भूमिकामा कीर्ति कुल्हारी देखिनेछन् । जसमा अभिनेता तथा निर्माता जमनादास मजेठिया हिमांशुको भूमिकामा देखिनेछन् । वन्दना सन् २०१० मा आएको फिल्म खिचडीः द मुभीमा देखिएकी थिइनन् ।

यो फिल्मबाट पारेख परिवार झण्डै दुई दशकपछि फेरि ठूलो पर्दामा देखिने भएको छ । खिचडी एक मात्र भारतीय शो हो जुन स्टेज प्लेको रूपमा सुरु भएको थियो र यस शोमा आधारित चलचित्र पनि बनाइएको छ । यो शोको ९८ एपिसोडहरू करिब २ वर्षदेखि टिभीमा आएका थिए । शो मुम्बईमा बस्ने गुजराती परिवारको जीवनमा आधारित छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै