अभिनेत्री दिया पुनद्वारा माउन्ट किलिमन्जारोको सफल आरोहण « Khabarhub

अभिनेत्री दिया पुनद्वारा माउन्ट किलिमन्जारोको सफल आरोहण


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारोको सफल आरोहण गरेकी छिन् । दियाले स्थानीय समयअनुसार शनिबार बिहान साढे ७ बजे उक्त पाँच हजार ८९५ मिटर अग्लो हिमालको शिखरमा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । किलिमन्जारो हिमाल अफ्रिकी मुलुक तान्जानियामा अवस्थित छ ।

किलिमन्जारोको शिखरमा उनले नेपाली झण्डासमेत फहराएकी थिइन् । उक्त हिमालको चुचुरोमा पुगेर आफ्नो अर्को एक सपना पूरा भएको दियाले उल्लेख गरेकी छिन् । दियाले गत वर्षको जेठमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् भने यसअघि आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको समेत आरोहण गरिसकेकी थिइन् । विश्वका सात वटा अग्ला हिमालको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको दियाले बताउँदै आएकी छिन् ।

दियाको पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ केही समयअघि प्रदर्शनमा आएको थियो भने आगामी फिल्म ‘दयारानी’ रिलिजको तयारीमा छ । उनले फिल्म ‘वीर विक्रम’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह