राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीको भेट « Khabarhub

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीको भेट


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा मंगलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आवश्वासन दिएका थिए ।

नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्तासम्म बसिसकेका छन् । थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउनसमेत कठिन छ ।

गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिषा र अन्य सुविधाबाट बञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : १८ बजे

एक करोड ८४ लाखमा विद्यालय भवन निर्माण

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे

मन्त्रिपरिषद् बैठकका चार निर्णय : कार्यविभाजन नियमावली २०८३ स्वीकृत

काठमाडौँ – बुधबारको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण चार वटा निर्णय गरेको

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको सामान्य घटेको छ ।

स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश