चेर्निहिभ शहरको केन्द्रमा गरिएको आक्रमणको संयुक्त राष्ट्रसङघद्वारा भर्त्सना « Khabarhub

चेर्निहिभ शहरको केन्द्रमा गरिएको आक्रमणको संयुक्त राष्ट्रसङघद्वारा भर्त्सना


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय समन्वयकले चेर्निहिभको शहरको केन्द्रमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणलाई ‘जघन्य’ भन्दै आक्रमणको निन्दा गरेका छन् ।

आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको जनाइएको छ । शनिबार बिहान चेर्निहिभको केन्द्रमा रहेको नाट्यशालामा आक्रमण भएको थियो ।

युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक डेनिस ब्राउनले एक अनलाइन वक्तव्यमा भनिएको छ, “एउटा ठूलो सहरको मुख्य चोकमा आक्रमण गर्नु ‘जघन्य’ अपराध हो किनकि केही मानिसहरू बिहान हिँडडुल गरिरहेका हुन्छन् भने धेरै युक्रेनीहरू यो समयमा प्रार्थनाका लागि चर्चमा जान्छन् ।”

“युक्रेनको जनघनत्व भएको क्षेत्रमा रूसी आक्रमणको बारम्बारको प्रवृत्तिको म भत्र्सना गर्दछु । यसले मृत्यु, व्यापक विनाश र बढ्दो मानवीय सहयोगका लागि आश्रित हुने कुरालाई बढावा दिन्छ ।”

उनले भने , “अन्तर्राष्ट्रिय मानवीय कानुनले वस्ती वा नागरिकमाथि हुने आक्रमणलाई कडाइका साथ निषेध गरेको छ । यो बन्द हुनैपर्छ ।”

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : २० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती