कोसीकी उपसभामुख बैठक सञ्चालन गर्न असमर्थ, विश्वासको मत लिने कार्यक्रम अन्यौलमा « Khabarhub

कोसीकी उपसभामुख बैठक सञ्चालन गर्न असमर्थ, विश्वासको मत लिने कार्यक्रम अन्यौलमा


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको जनाएकी छन् । 

आज बिहान आफू बिरामी परेको भन्दै उनले प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी हुन् ।

उनले आफू अचानक बिरामी परेको र उपचारका लागि बाहिर जानुपरेको भन्दै आज र यसपछाडिका बैठक सञ्चालन गर्न नसक्ने सचिवालयलाई लिखित जानकारी गराएकी हुन् । 

उपसभामुख दनुवार आफैँले आज बिहान ८ बजेका लागि बोलाएको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत उपस्थित गइनन्

आज कोसीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अब के हन्छ भन्ने अन्योल कायम भएको छ ।

प्रदेशसभा नियमावलीको नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी अध्यक्षमण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न उपसभामुखले जिम्मेवारी दिएकी छिन् । मन्सुरी नेपाली कांग्रेसतर्फका सांसद हुन् ।

मन्सुरी भन्दा ज्येष्ठ एमाले र राप्रपाका ८ सांसद यसअघि नै बिदामा बसेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धसँग ठिक्क ४७ मत छ । मन्सुरीले बैठक सञ्चालन गर्नुपर्दा विश्वासको मत पाउन आवश्यक संख्या अपुग हुने स्थिति छ ।

उपसभामुख अनुपस्थित भएकाले दिउँसो फेरि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरिएको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले जानकारी दिइन् ।

प्रदेशमा विकसित नयाँ राजनीतिक परिस्थितिका विषयमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १२ : १३ बजे

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३