कोसीकी उपसभामुख बैठक सञ्चालन गर्न असमर्थ, विश्वासको मत लिने कार्यक्रम अन्यौलमा | Khabarhub Khabarhub

कोसीकी उपसभामुख बैठक सञ्चालन गर्न असमर्थ, विश्वासको मत लिने कार्यक्रम अन्यौलमा


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको जनाएकी छन् । 

आज बिहान आफू बिरामी परेको भन्दै उनले प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी हुन् ।

उनले आफू अचानक बिरामी परेको र उपचारका लागि बाहिर जानुपरेको भन्दै आज र यसपछाडिका बैठक सञ्चालन गर्न नसक्ने सचिवालयलाई लिखित जानकारी गराएकी हुन् । 

उपसभामुख दनुवार आफैँले आज बिहान ८ बजेका लागि बोलाएको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत उपस्थित गइनन्

आज कोसीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अब के हन्छ भन्ने अन्योल कायम भएको छ ।

प्रदेशसभा नियमावलीको नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी अध्यक्षमण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न उपसभामुखले जिम्मेवारी दिएकी छिन् । मन्सुरी नेपाली कांग्रेसतर्फका सांसद हुन् ।

मन्सुरी भन्दा ज्येष्ठ एमाले र राप्रपाका ८ सांसद यसअघि नै बिदामा बसेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धसँग ठिक्क ४७ मत छ । मन्सुरीले बैठक सञ्चालन गर्नुपर्दा विश्वासको मत पाउन आवश्यक संख्या अपुग हुने स्थिति छ ।

उपसभामुख अनुपस्थित भएकाले दिउँसो फेरि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरिएको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले जानकारी दिइन् ।

प्रदेशमा विकसित नयाँ राजनीतिक परिस्थितिका विषयमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १२ : १३ बजे

प्रधानमन्त्रीले कुरा नसुनी बैठकबाट निस्केपछि हामीले बहिष्कार गर्‍यौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएन : सांसद बस्नेत

काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर

‘सङ्घीयताबाट माओवादी पनि पछि हटेजस्तो छ’

काठमाडौँ – नेपालको संविधान ०७२ जारी भएपछि भएका दुईवटा आवधिक

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार