वर्षाको पानीमा भिज्दा हुनसक्छ यस्तो खतरा ! « Khabarhub

वर्षाको पानीमा भिज्दा हुनसक्छ यस्तो खतरा !


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षे झरीले धेरैलाई सताउँछ । कतिखेर मौसम परिवर्तन हुन्छ अत्तोपत्तो हुन्न । क्षणभरमै पानी पर्न थालिहाल्छ । क्षणमै गर्मी । त्यसैले यो मौसमलाई वर्षातको मौसम पनि भनिन्छ । वर्षातको मौसममा लामखुट्टे, झिँगा लगायतले रोग सार्ने जोखिम पनि उत्तिकै रहन्छ ।

फिजिसियन डा. लोचन कार्कीका अनुसार यो समयमा बालबालिकालाई रोग लाग्ने सम्भावना अधिक रहन्छ । उनी वर्षाको पानीमा भिज्न नहुने सुझाउँछिन् । गर्मी भएको बेला आकाशबाट परेको पानीमा भिज्यो भने रुघाखोकी लाग्न सक्छ। त्यस्तै ज्वरो आउने, टाइफाइड हुने जोखिम भएकाले बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।

आकाशे पानीबाट बालबालिकालाई जोगाउन अभिभावक एवं शिक्षक/शिक्षिकाहरू सजग हुनुपर्छ। खानेपानीको पाइपमा ढलको फोहोर पानी मिसिएर अशुद्ध भएको हुन सक्छ। ठाउँठाउँमा पानी जमेको हुन्छ। जमेको पानीमा लामखुट्टेले फुल पार्ने गर्छ। लामखुट्टे तथा झिँगाले विभिन्न किसिमका रोग सार्न सक्छन् ।

यो समयमा डेंगु, औलो, कालाजार, जापानिज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने जोखिम हुन्छ। त्यसैले घरवरपरको सरसफाइमा पनि ध्यान दिनुपर्छ। त्यतिमात्र नभएर यो बेला खानेकुराहरू चाँडै सड्ने र गल्ने हुन्छ। त्यसबाट पनि संक्रमणको जोखिम हुन्छ। यसबाट झाडापखाला, आउँ लगायतका समस्या निम्तिन सक्छन् ।

बर्षे झरीबाट निम्तिने समस्या सुल्झ्याउने के गर्ने ?

· छाता ओढेर हिँड्ने

· खाना खानुअघि सफासँग हात धुने

· शौचपछि साबुनपानीले हात धुने

· बासी खानेकुरा नखाने

· उमालेको पानी पिउने

· लामखुट्टेबाट जोगिन झुलभित्र सुत्ने

· पानीमा नखेल्ने

· आकाशबाट परेको पानीबाट जोगिने

· चिसो कपडा नलगाउने

· सफा लुगा लगाउने

· बेलाबेलामा नुहाउने

· घर वरपर सफासुग्घर राख्ने

पानीजन्य रोगबाट बच्ने उपाय

घरआँगन फोहोर भएको अवस्थामा झिँगा, लामखुट्टे उत्पत्ति हुन्छ। त्यसैले घरभित्र र बाहिर पनि सफा राखेर झिँगा भन्कन दिनु हुँदैन। घर वरपरका खाल्डाखुल्डी पुरेर पानी जम्न दिनु हुँदैन। पूरा बाहुला र शरीर ढाक्ने लुगा लगाउनु पर्छ। प्लास्टिक, टिनका बुट्टाहरू, गाडीका टायर, गमला तथा कुलरमा पानी जम्न दिनु हुँदैन।

· पानी उमालेर पिउने

· पिउने पानीमा क्लोरिन झोल वा चक्की प्रयोग गरी शुद्धीकरण गरेर मात्र पिउने

· खानेपानी सधैं सफा भाँडोमा छोपेर राख्ने

· खानेपानीलाई बेलाबेलामा परीक्षण गर्ने

· सुरक्षित रहेको यकिन गरेपछि मात्र पानी पिउने

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ३५ बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा