नारायणीमा बन्ने पुलको सर्भे सुरु | Khabarhub Khabarhub

नारायणीमा बन्ने पुलको सर्भे सुरु


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवन र नवलपरासी जोड्ने नारायणगढस्थित नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको सर्भेको काम थालिएको छ । पुल महाशाखाको टोलीले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रमुखसहितको टोलीसँग स्थलगत निरीक्षण गरी छलफल गरेको हो ।

भरतपुर महानगरकाका प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने उनले जानकारी दिए । सिग्नेचर पुल निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले पुल डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ ।

चार सय २० मिटर लामो उक्त पुल निर्माणका लागि रू एक अर्ब ६८ करोड ७६ लाख ठेक्का सम्झौता भएको छ । राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणका लागि महानगरपालिकाले पहल गरिरहेको बताउँदै अबको केही समयपछि यस कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उल्लेख गरिन् । सिग्नेचर पुलसहित राष्ट्रिय राजमार्ग जोड्ने तीनवटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने उनको भनाइ थियो ।

भरतपुर र नवलपरासी जोड्ने अरु दुई पुल निर्माणका लागि स्थलको अवलोकन गरिएको पुल महाशाखाको टोलीले जनाएको छ । महाशाखाले भरतपुर महानगरपालिका वडा नं २६ को घोसराघाटबाट नवलपुरको प्रगतिनगर जोड्ने पुलको स्थलगत निरीक्षण गरेको महाशाखाका उपनिर्देशक शाक्यले जानकारी दिए ।

यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको उनले बताए । भरतपुर र माडी ठोरी जोड्ने गरी अर्को पुल निर्माणको तयारी गरिएको छ ।

उक्त पुल भरतपुर महानगरपालिका वडा नं २४ अन्तर्गत ध्रुव र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने गरी निर्माण गरिने महाशाखाले जनाएको छ । यसका लागि ध्रुवको निरीक्षण एवं अनुगमन गर्नुका साथै वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको शाक्यले जानकारी दिए ।

पुल महाशाखाका अनुसार तीनवटा नयाँ पुल निर्माण गर्न एकैपटक ठेक्का सम्झौता गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ३१ बजे

वर्षमानको दाबी- माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको हो

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरूको

शाहरुख र दीपिकाविरुद्ध ठगी मुद्दा दर्ता 

काठमाडौं– बलीवुडका सुपरस्टार शाहरुख खान र दीपिका पादुकोण अहिले कानुनी

सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने

हेटौँडा– गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ कार्यविधि ल्याएको छ ।

टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ?

काठमाडौं– हरेक वर्ष उखु किसान काठमाडौँ आएर धर्ना नबसेसम्म सरकारले