निर्माण व्यवसायीको लापरवाहीका कारण यात्रुलाई सास्ती | Khabarhub Khabarhub

निर्माण व्यवसायीको लापरवाहीका कारण यात्रुलाई सास्ती


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

मन्थली- रामेछापकको सेलेघाट– रामेछाप–साँघुटार सडकखण्डको निर्माणको जिम्मा पाएको कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रुहरुले हैरानी खेप्नुपरेको छ । सडक विस्तारका नाममा जताततै सडक अव्यवस्थित बनाएर छाडेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने भएकाले यात्री हैरनी भोग्न बाध्य भएका छन् ।

कालोपत्रको जिम्मा लिएको भारतीय निर्माण कम्पनी टिसीआइएलले काममा ढिलासुस्ती गर्दा काम सम्पन्न हुन सकेको छैन । कम्पनीले तीन वर्षदेखि जिम्मेवारी लिए पनि हालसम्म काम पूरा भएको छैन । रामेछाप मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक हालसम्म मर्मत हुन सकेको छैन । जसले गर्दा यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् ।

सडक बिग्रिएकाले वर्षादको समयमा सवारीसाधन, पैदलयात्रीलाई र सडक छेउका सर्वसाधारणलाई सास्ती भएकोे सेतीदेबीमावि सालुका प्रधानाध्यापक गगन श्रेष्ठले बताए । यो समस्याका बारेमा आफूहरुले सरोकारवाला पक्षसँग पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । सडक मर्मत नहुँदा शिक्षक र विद्यार्थीलाई पनि सास्ती भएको उनले बताए । सडक निर्माण नहुँदा स्थानीय जनप्रतिनिधि पनि रुष्ट छन् ।

रामेछाप नगरपालिका–७ का वडाध्यक्ष समिर कार्कीको संयोजनमा केही दिनअघि सुकाजोर ७ नं वडामा बसेको बैठकमा सहभागी जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले पनि ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

सडक विस्तारका नाममा जथाभावी भत्काएर छाडेकाले सालुदेखि साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक विभिन्न ठाउँमा पहिरो जाने, भासिने साथै दजनौंँ खाल्डाका कारण यातायात सञ्चालनमासमेत निकै कठिनाइ भएको सुमो चालक जीवन माझी बताउँछन् । सडकमा देखिएको अस्तव्यस्तताका कारण विभिन्न बस्ती समेत जोखिममा परेको रामेछाप नगरपालिका–२ का वडाअध्यक्ष नीरकुमार श्रेष्ठले बताए ।

मन्थली नगरपालिका अन्तर्गतको वडा नं ४ सालु खण्डको अवस्था पनि उत्तिकै दयनीय रहेको वडाअध्यक्ष राजन घिमिरेले बताए । उनका अनुसार आयोजनाको काम समयमै नहुने अवस्था अहिले पनि कायमै छ । उनले जिम्मेवारी लिएका कम्पनीविरुद्ध संयुक्त विरोधमा जानुको विकल्प नरहेको बताए । आयोजनाका ठेकेदारले काम गर्दा नीति नियम भन्दामाथि रहेर अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको गुनासो पनि अध्यक्ष घिमिरेको रहेको छ ।

रामेछाप बजारका सामाजिक अभियान्ता गौतमकुमार श्रेष्ठ सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था, नागरिकले पाएको हैरानी र सास्तीका बारेमा आफूहरुले नगरपालिकासँगसमेत समन्वय गरेर पटक–पटक अनुरोध गर्दा पनि काम अघि नबढ्नु दुःखद् भएको बताउँछन् ।

सरोकारवालको गुनासोका सम्बन्धमा सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधि विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताए । सरोकारवालबाट आएको गुनासा र सुझावलाई माथिल्लो निकायका प्रमुख समक्ष आफूले प्रस्तुत गरेको र त्यसपछि तत्काल समाधानका लागि पहल गर्ने आश्वासन पाएको उनले जानकारी दिए । आयोजनाको कामको ढिलासुस्तीका बारेमा निर्माण व्यवसायीको मुख्य व्यक्तिलाई खबर गरिएको कुरा रामेछाप नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ७ : ५० बजे

बाढीपहिरोको विपत्ति : राहत र पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ

काठमाडौं – अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई