गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री « Khabarhub

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिएका छन् ।

गौरा पर्व २०८० का सन्दर्भमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए । उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे ।

प्रधानमन्त्रीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्नुहुँदै तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले महाकाली करिडोर, दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासमेत अगाडि बढाइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : २५ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।