तीन तहको सरकारमा समन्वय आवश्यक : मुख्यमन्त्री शर्मा « Khabarhub

तीन तहको सरकारमा समन्वय आवश्यक : मुख्यमन्त्री शर्मा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेको हुँदा यसलाई माथि उकास्न आवश्यक रहेको बताए ।

‘समस्या र अभाव छ, त्यहाँ सरकार हुुनुुपर्दछ’, उनले भने, ‘यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आमनागरिकलाई खुसी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउनु हो ।’

ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेश सरकारले कर्णाली प्रदेशलाई साक्षर प्रदेश बनाउने नीति तथा कार्यक्रम ल्याएकाले सङ्घ सरकारसहितका सरोकारवालालाई सहयोग गर्न अपिल गरे ।

शिक्षा हरेक क्षेत्रको प्रमुख आधार भएको जनाउँदै उनले यसमा सरकारले विशेष जोड दिने तयारीमा लागेको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणि पौडेलले पहुँचलाई सुनिश्चिता र सबैका लागि शिक्षा भन्ने मूल नारालाई सरकारले अगाडि बढाएको बताए ।

‘हिमाली जिल्लामा आवासीय विद्यालयको व्यवस्थापन गर्ने भनिएको छ’, उनले भने, ‘ती विद्यालयलाई एक ठाउँमा ल्याएर दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरौँ र सबैलाई शिक्षाको पहुँचमा ल्याऔँ ।’ प्राविधिक विद्यालय नपुगेका पालिकामा प्राविधिक विद्यालय स्थापनामा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : १२ बजे

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर

हामीलाई राम्रोसँग बोल्न आउँदैन होला तर, काम चाहिँ राम्रोसँग गर्न आउँछ : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफूलाई राम्रोसँग बोल्न नआएपनि काम गर्न