क्यान्सर अस्पताल : २९ हजार बिरामीले लिए सेवा « Khabarhub

क्यान्सर अस्पताल : २९ हजार बिरामीले लिए सेवा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन् । 

क्यान्सर अस्पताल विकास समितिले आज खजुरामा आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सो जानकारी दिएका हुन् ।

मुठी दान गरेर संघीय अस्पतालका रूपमा विसं २०७५ मा स्थापना भएको उक्त अस्पतालमा हालै रक्त क्यान्सरका लागि भिन्नै वार्ड स्थापना भएको र अहिले दुई बिरामीको उपचार भइरहेको जानकारी दिँदै उनले फोक्सो, कलेजो, मिर्गौला, रक्त क्यान्सर, थाइराइड क्यान्सरलगायतका रोगका औषधि निःशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले छ प्रकारका औषधि दिइरहेकाे बताएका छन् । 

नेपाल सरकारबाट प्राप्त भएको रु छ करोड पूँजीगत र चालु रु चार करोडबाट वृद्धि भएर आव ०८०-८१ मा पूँजीगततर्फ रु १५ करोड र चालुतर्फ रु १० करोड गरी रु २५ करोड बजेट पुर्‍याइएको अस्पतालले उल्लेख गरेको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन प्रदेशका स्थानीयवासीले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले बेहोर्ने गरी छुटसमेत भएको अस्पताल विकास समितिले जनाएको छ ।  

स्वास्थ्य मन्त्रालयमा चिकित्सकसहित चार सय नौ कर्मचारी स्वीकृतिका लागि पठाइएकामा ओएन्डएम स्वीकृत नभएकाले पाँच वर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन गर्न बाध्य भएको उनले बताए। 

‘जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटिलता देखिएको छ’, उनले भने। अस्पतालमा अस्थायी विशेषज्ञ चिकित्सकको सङ्ख्या कूल १५ मध्ये दुई जना काजमा रहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ६ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै