के मलाइका र अर्जुन कपूरको बिहे सम्भव छ ? « Khabarhub

के मलाइका र अर्जुन कपूरको बिहे सम्भव छ ?


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अर्जुन कपूर र मलाइका अरोरा प्रेमसम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । यो चर्चा त्यतिबेलादेखि हुन थालेको थियो, जतिबेला मलाइकाको पूर्वपतिसँग डिभोर्स पनि भएको थिएन ।

डिभोर्सपछि अर्जुन र मलाइकाले खुलेआम प्रेमसम्बन्ध शेयर गरिरहेका छन् । देख्दा यस्तो लाग्छ कि, यी दुई एकअर्काको गहिरो प्रेममा छन् ।

मलाइका अर्जुन कपूरभन्दा झण्डै १२ वर्ष जेठी छिन् । तर, प्रेममा उमेरको कहाँ मतलब हुन्छ र ? जोसँग पनि हुन सक्छ । अर्जुन कपूरको सलमान खानको परिवारसँग पनि राम्रो सम्बन्ध छ ।

एक समय अर्जुनले सलमान खानकी बहिनी अर्पितालाई पनि चाहन्थे । तर, पछि उक्त कुरा कुरामै सीमित रह्यो । सलमान खानको पार्टीमा अर्जुन जाँदा उनी मलाइकाप्रति आकर्षणमा परे ।

पछि जे भए पनि अहिले भने अर्जुन र मलाइका एकअर्कालाई चाहेका छन् । रेस्टुरेन्ट र सिनेमा मात्र होइन, यी दुईले विदा पनि एकसाथ मनाउन थालेका छन् ।

के दुवैले बिहे गर्लान् ? यसबारेमा कतिले भन्छन्, यी दुई बिहेको तयारीमा पनि लागेका छन् ।

अर्कातिर अर्जुनका बुबा बोनी कपूर पनि यो सम्बन्धलाई लिएर खुशी छैनन् । मलाइका छोराले पनि यो सबै बुझेका छन् । मलाइका पूर्वपति अरबाज पनि अरूसँग सम्बन्धमा छन् ।

मलाइका र अर्जुन अहिले खुशी छन् । दुवै अब साथीबाट माथिल्लो लेभलमा पुगेका छन् । कतिपयले यी दुईको बिहे हुन सक्ने बताउँछन् । अहिले भने यी दुवै बिहे नगरीकनै खुशी रहन चाहन्छन् । धेरैको भने यी दुईको बिहे नहुने भनाइ छ । आखिर अर्जुनका परिवार पनि त खुशी छैनन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,