कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता « Khabarhub

कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो । 

डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा भएको प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित झापुटार युवा क्लब प्रथम भएको छ । प्रतियोगितामा बन्दीपुरको छपेली युवा क्लब द्वितीय र बन्दीपुरकै कोरिखा युवा क्लब तृतीय भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २५ हजार पाँच सय ५५, सात हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँच वटा समूहको सहभागिता थियो । 

संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित कौरा नृत्य प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए। उनले भने, “कौरा नृत्य तनहुँको चिनारी हो । यसको संरक्षण गर्दै अहिलेको पुस्तालाई यसमा आकर्षित गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।”

विजयीलाई पुरस्कृत गर्दै वरिष्ठ लोक गायक प्रेमराजा महतले संस्कार र संस्कृति जोगाउनु सबैको कर्तव्य भएको बताए । समितिकै आयोजनामा शनिबार डुम्रेमा लाखे नाच प्रतियोगिता सम्पन्न भइसकेको छ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि समितिले लाखे नाच प्रतियोगिता गरेको थियो । 

प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम हुन सफल भएको छ । कूल ३१ समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाइ सांस्कृतिक समूह तृतीय भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ४० हजार पाँच सय ५५, रु २० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गरेका थिए । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ५७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ