कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता | Khabarhub Khabarhub

कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दमौली– कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो । 

डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा भएको प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित झापुटार युवा क्लब प्रथम भएको छ । प्रतियोगितामा बन्दीपुरको छपेली युवा क्लब द्वितीय र बन्दीपुरकै कोरिखा युवा क्लब तृतीय भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २५ हजार पाँच सय ५५, सात हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँच वटा समूहको सहभागिता थियो । 

संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित कौरा नृत्य प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए। उनले भने, “कौरा नृत्य तनहुँको चिनारी हो । यसको संरक्षण गर्दै अहिलेको पुस्तालाई यसमा आकर्षित गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।”

विजयीलाई पुरस्कृत गर्दै वरिष्ठ लोक गायक प्रेमराजा महतले संस्कार र संस्कृति जोगाउनु सबैको कर्तव्य भएको बताए । समितिकै आयोजनामा शनिबार डुम्रेमा लाखे नाच प्रतियोगिता सम्पन्न भइसकेको छ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि समितिले लाखे नाच प्रतियोगिता गरेको थियो । 

प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम हुन सफल भएको छ । कूल ३१ समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाइ सांस्कृतिक समूह तृतीय भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ४० हजार पाँच सय ५५, रु २० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गरेका थिए । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ५७ बजे

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार