एमालेको कोशी अधिवेशनमा निर्वाचनको तयारी पूरा, आइतबार बिहान मतदान सुरु हुने « Khabarhub

एमालेको कोशी अधिवेशनमा निर्वाचनको तयारी पूरा, आइतबार बिहान मतदान सुरु हुने


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचनको सबै तयारी पूरा भएको छ ।

अधिवेशनमा शनिबार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिए ।

उनले आइतबार बिहानदेखि मतदान भई बेलुकासम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए । अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारीसहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ ।

भरसक सहमतिको प्रयास भइरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । मतदान भने आइतबार बिहान ११ बजेबाट हुने रानाले जानकारी दिए ।

अधिवेशनमा १३७ वटा पालिकासहित विभिन्न जनवर्गीय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ । अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ४१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले