राष्ट्रियसभा बैठक : भ्रष्टाचार अन्त्य गर्न सांसदको माग | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : भ्रष्टाचार अन्त्य गर्न सांसदको माग


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिन्।

राजनीतिकरुपमा गरिएका नीतिगत र कानुनी भ्रष्टाचार छायामै परेको अवस्थामा उनले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा गरिन् । उनले भनिन्, ‘भ्रष्टाचार कहाँदेखि सुरु भयो रु र कसरी मौलाउँदै गइरहेको छ? जहाँ व्यक्तिको स्वार्थ र सम्पत्तिले प्राथमिकता पाउने व्यवस्था हुन्छ, त्यहाँ कुनै न कुनै ढङ्गले भ्रष्टाचार भइरहन्छ र भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ।’

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेकामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद दिए । उनले सबै किसिमका भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न वर्तमान सरकारलाई सुझाव पनि दिइन्। भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुन नहुनेमा उनको जोड छ । 

‘वर्तमान सरकारले चलाएको आर्थिक तथा नीतिगत भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारका दुवै पक्षलाई बहसमा ल्याएको छ, सरकारले अगाडि बढाएको यो भ्रष्टाचार अभियानको समर्थन गर्दछु’, उनले भनिन् ।

सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महँगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरे । उनले भने, ‘दसैँ कसरी मान्ने रु जनतासँग एक पैसा छैन, महँगी बढेको छ, जनता महँगीको मारमा छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।’

वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा उनले विरोध गरे । उनले भने ‘मङ्गी बढेको अवस्थामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ ।’ दसैँमा सहज यातायातको व्यवस्था गर्नुपर्ने र भूकम्पमा परी मृत्यु भएका र घाइते परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने उनको माग छ । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : ०८ बजे

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर