राष्ट्रियसभा बैठक : भ्रष्टाचार अन्त्य गर्न सांसदको माग « Khabarhub

राष्ट्रियसभा बैठक : भ्रष्टाचार अन्त्य गर्न सांसदको माग


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिन्।

राजनीतिकरुपमा गरिएका नीतिगत र कानुनी भ्रष्टाचार छायामै परेको अवस्थामा उनले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा गरिन् । उनले भनिन्, ‘भ्रष्टाचार कहाँदेखि सुरु भयो रु र कसरी मौलाउँदै गइरहेको छ? जहाँ व्यक्तिको स्वार्थ र सम्पत्तिले प्राथमिकता पाउने व्यवस्था हुन्छ, त्यहाँ कुनै न कुनै ढङ्गले भ्रष्टाचार भइरहन्छ र भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ।’

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेकामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद दिए । उनले सबै किसिमका भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न वर्तमान सरकारलाई सुझाव पनि दिइन्। भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुन नहुनेमा उनको जोड छ । 

‘वर्तमान सरकारले चलाएको आर्थिक तथा नीतिगत भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारका दुवै पक्षलाई बहसमा ल्याएको छ, सरकारले अगाडि बढाएको यो भ्रष्टाचार अभियानको समर्थन गर्दछु’, उनले भनिन् ।

सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महँगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरे । उनले भने, ‘दसैँ कसरी मान्ने रु जनतासँग एक पैसा छैन, महँगी बढेको छ, जनता महँगीको मारमा छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।’

वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा उनले विरोध गरे । उनले भने ‘मङ्गी बढेको अवस्थामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ ।’ दसैँमा सहज यातायातको व्यवस्था गर्नुपर्ने र भूकम्पमा परी मृत्यु भएका र घाइते परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने उनको माग छ । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : ०८ बजे

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित