देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ « Khabarhub

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई मंगलबारनै पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगी गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

मासिक-त्रैमासिक र वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै ३३ जना बचतकर्ताले उनीविरूद्ध उजुरी दिएका थिए ।

चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : २५ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,