दसैँका लागि माटोका सामग्री तयार हुँदै « Khabarhub

दसैँका लागि माटोका सामग्री तयार हुँदै


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भादगाउँ–  भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दसैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ ।

दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गरिने माटोका सामग्री बनाउन उनको परिवार अहिले व्यस्छ छ । ‘दसैँ नजिकिँदै छ । काठमाडौँ उपत्यकालगायत बाहिरी जिल्लाको माग अनुसार सामान बनाउन थालेका छौँ । अझै धेरै बनाउन बाँकी छ’, प्रजापतिले भने, ‘अहिले त म मात्र होइन परिवारका सबै सदस्य यसै काममा व्यस्त छन् । शनिबारको दिन छोराछोरीलाई पनि काममा लगाइराखेका छौँ ।’ 

श्रीमती र छोराछोरीसहित घटस्थापनका दिन पुजा कोठामा राख्ने गमला, भ्यग, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अन्ती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली, मोनी सल्ली, जलपात्र, कलश, आरतीलगायत सामग्री बनाउन व्यस्त भएको उनले बताए ।

प्रजापतिका अनुसार जमरा राख्ने ढुकुटीमा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । 

भक्तपुर नगरपालिका–९ सुजमारी राजकृष्ण प्रजापतिलाई पनि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । बिहान चार बजेदेखि दसैँका लागि माग अनुसारका सामग्री बनाउन व्यस्त छन् । दसैँ र तिहारको समयमा माग गरिएका सामग्र्री समयमा पुर्‍याउन सके वर्षभरी अरु बेला खासै व्यस्त हुन नपर्ने राजकृष्णले बताए। ‘यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाबाट पर्वका लागि आवश्यक माटोका सामग्रीको माग छ’, उनले भने, ‘ती सामग्री समय पुर्‍याउन सके अरु बेला खासै व्यस्त हुन पर्दैन । हामीले बढी दुःख गर्ने भनेको दसैँं र तिहारका लागि हो । यो समयमा मागअनुसार सामान उत्पादन गर्नसके वर्षदिन गुजारा गर्न गाह्रो पर्दैन ।’

बजारमा विभिन्न आधुनिक सामान आए पनि दसैँतिहारमा माटोका सामग्री बढी प्रयोग हुने गरेकाले यसको व्यापार निकै फस्टाएको व्यापारी बताउँछन् । यो व्यवसायमा लागत र परिश्रमअनुसार आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ता पनि आर्कषित भएका राजकृष्णले बताए। उनका अनुसार भक्तपुरमा रू १ देखि १२ सय सम्मका पर्व सामग्री उत्पादन हुने गरेका छन् ।

चाडपर्वको समय भक्तपुर तालक्वसुजमारीको कुम्हालेका साथै लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं, कमलविनायक र सूर्यविनायकका कुम्हालेका परिवार पनि माटोका सामान बनाउन व्यस्त देखिन्छन् । यहाँ उत्पादित पर्व सामग्रीहरु उपत्यकाका साथै बनेपा, पनौती, धुलिखेल, साँखु, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचोसम्म पुग्ने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : ५२ बजे

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको