प्रधानसेनापति ट्रफी सुरु « Khabarhub

प्रधानसेनापति ट्रफी सुरु


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ । उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गरे ।

यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने प्रयास भइरहेको बताए । उनले हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सहासिक ‘रन फर फन’ प्रतियोगिताको तयारी भइरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा सहभागी पृतना तथा बाहिनीका टिमले मार्चपाष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । सो अवसरमा प्रतियोगिताको मस्कट बाघ पनि प्रदर्शन गरिएको थियो ।

समारोहमा नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउने ओलम्पियन जमदार जीतबहादुर केसी (अवकाश प्राप्त) लाई कदरपत्र प्रदान गरियो ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुनेछ । नेपाली सेनाले प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अभिप्रायका साथ २०६५ सालदेखि प्रधानसेनापति ट्रफी सुरु गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : ५४ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय