आज २०७६ साउन ९ गते विहीबारको राशिफल « Khabarhub

आज २०७६ साउन ९ गते विहीबारको राशिफल


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ साउन ९ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

धार्मिक यात्राबाट योग । दाम्पत्य जीवन सुखमय हुनेछ । मनमा शान्ति मिल्नेछ। आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गगबढी ।

बृष

राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

मिथुन

अचल सम्पत्ति हात पर्ला । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कर्कट

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राबाट आनन्दी ।

सिंह

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

कन्या

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ ।

तुला

अभिभावकको आशीर्वादल मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

बृश्चिक

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

धनु

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

कुम्भ

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मीन
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहला । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । यात्रा फलदायी होला ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ०५ बजे

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे